काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताउनु भएकाे छ । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उहाँको प्रतिबद्धता छ ।संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएकाे हाे ।
उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयाे । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले बताउनु भयाे । कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताउनु भयाे ।