×

भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको आज विहान १२ः२३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुुभयो ।

उनको भदौं १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।अवस्था जटिल भएपछि ती महिलालाई आइसीयूमा भेन्टिलेटरका सहायतामा राखिएको थियो । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर ती महिलालाई भदौं ५ गते चितवनल मेडिकल कलेजमा प¥याईएको थियो ।

तपाईको प्रतिक्रिया