ललितपुर : कोरोना भाईरस संक्रमणका कारण उपत्यकामा साेमबार दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका दुई पुरुषको मृत्यु भएको हो।
भदौ ६ गते अस्पतालमा उपचाररत काठमाडौंका ७४ वर्षका पुरुषको मृत्यु भएको हो। त्यस्तै साउन २५ गतेदेखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय ललितपुरले जनाएको छ।