यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक
काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।उनका अनुसार बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ।
संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने सचेत डाँगीले बताइन्। त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ।
संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पन...


