×

राजनीति

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली
  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको स्पष्ट पारे । उनले भने, “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिव...

प्रधानमन्त्री ओलीले लिए शपथ

प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्र...

 एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै

 एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए।ओल...

यी हुन् कांग्रेसबाट हुन लागेका मन्त्री (सम्भावित सूचीसहित)

यी हुन् कांग्रेसबाट हुन लागेका मन्त्री (सम्भावित सूचीसहित)
  काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ । सरकार ढलेसँगै राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसारको सरकारका लागि तीन दिन म्याद तोकेर आह्वान गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र दाबी प्रस्तुत गरेका छन् । कांग्रेस र एमालेको मात्र हस्ताक्षरमा बन्न लागेका प्रधानमन्त्रीले यो सरकारलाई दुईतिहाइको बनाउने प्रयत्न जारी राखेका छन् । त्यही प्रयत्न सफल पार्न कांग्रेसले ...

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने

नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ । ३ वर्षअघि असार २८ ...

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

प्रचण्ड सरकार ढल्यो , विपक्षमा १९४ मत

प्रचण्ड सरकार ढल्यो , विपक्षमा १९४ मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १००(२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । १० पुस २०७९ ...

प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित

प्रधानमन्त्रीले विश्वासको मत नपाउने  निश्चित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । बिहीबार दिनभर फरक फरक दलहरूले आफ्नो संसदीय दलको बैठक बसेर विश्वासको मतसम्बन्धी निर्णय गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदै छन् । दलहरूको निर्णय हेर्दा प्रधानमन्त्री प्रचण्ड स्पष्ट अल्पमतमा छन् । शुक्रबार बिहान ११ बजेसम्म कुनै राजनीतिक उथलपुथल नभए प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्नुपर्ने स्पष्ट छ । स्वतन्त्रबाहेक राष्ट्रिय स्वतन्त्र ...