×

राजनीति

कांग्रेस सांसद माया राई पक्राउ

कांग्रेस सांसद माया राई पक्राउ
काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् ।उनलाई अपराध अनुसन्धानको कार्यालयले आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइ...

कश्मीर घटनामा पूर्वराजाले भने- हिन्दूमाथिको आक्रमण निन्दनीय

कश्मीर घटनामा पूर्वराजाले भने- हिन्दूमाथिको आक्रमण निन्दनीय
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद् निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गर...

भारत भ्रमणबारे छलफल गर्न मुख्यमन्त्रीले बोलाएको सर्वदलीय बैठक माओवादीद्वारा बहिस्कार

भारत भ्रमणबारे छलफल गर्न मुख्यमन्त्रीले बोलाएको सर्वदलीय बैठक माओवादीद्वारा बहिस्कार
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अहिले भारत भ्रमणको तयारीमा रहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा आगामी १६ गतेदेखि २२ गतेसम्म १० सदस्यीय टोली भारत जान लागेको हो । भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत जाने तयारीकाबीच मुख्यमन्त्री शाहले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए । बिहान ११ बजे सर्वदलीय बैठकका आउन भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी गराएका थिए । तर, उक्त बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बह...

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै
काठमाडौं-संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौंमा छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे। परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै ...

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम श...

कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै
काठमाडौं-कक्षा १२ को परीक्षाबारे निर्णय लिन मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा तय गरिएको छ। तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित भएपछि यसबारे निर्णय लिन लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। ‘परीक्षाबारे निर्णय लिन बोर्ड बैठक बोलाइएको हो,’ उनले भने।बोर्डका एक सदस्यका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दैछ।यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्ष...

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन
काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए । उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने ती मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने– शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्

प्रधानमन्त्री ओलीले भने– शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरे ।आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’ प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गरे । ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन...

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा
काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् ।उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्श...