कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, देउवा र सिटौलाको समीकरण बन्दै
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ । सभापतिसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यको लागि चुनाव गर्ने तयारी छ ।
आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाण्डौको राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोलि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । पर्सि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ...


