×

राजनीति

एमालेले धाक दिँदै हिँडेको छ, आउँदो चुनावमा हालत देखिने छ : प्रचण्ड

एमालेले धाक दिँदै हिँडेको छ, आउँदो चुनावमा हालत देखिने छ : प्रचण्ड
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले ले धाक दिँदै हिँडेको भन्दै आउँदो चुनावमा उनीहरूको हालत नागरिकले देखाउने टिप्पणी गर्नुभयो । आज शुक्रवार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा रु बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन् । उनीहरूको त्यो धाक, धम...

सरकार निकम्मा भयो, विकास रोकियो : ओली

सरकार निकम्मा भयो, विकास रोकियो : ओली
वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको आरोप लगाएका छन् । विकासका लागि काम गर्ने सरकारलाई ढालेर गठबन्धनका नाममा जनताले नचुनेको सरकार गठन गरिएको उनले दावी गरे ।नेकपा एमाले जिल्ला कमिटी पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताए । ‘विभिन्न जालझेल गरेर सरकार ढाले, गठबन्धनको नाममा निकम्मा सरकार बनाइएको छ । जसलाई जनताप्रति, विकासप्रति मतलब छैन...

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्।गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्। उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ। कूल ४६८२ मत खसेको थियो। अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ। तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५० मत पाएका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याएका छ...

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
काठमाण्डौ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत प्राप्त गर्नुभयो । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ । देउवा...

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बाँकी मत गणना बुधबार अपरान्ह्देखि सुरू हुने जानकारी दिए । सुरूमा पदाधिकारीको मत गणाना थाल्ने तयारी छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने उनले बताए ।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ । यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्...

कांग्रेस सभापति पदका लागि ४,५६२ जनाले गरे मतदान

कांग्रेस सभापति पदका लागि ४,५६२ जनाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सकिएको छ । दिउँसो साढे ३ बजेदेखि शुरु भएको भएको मतदान साढे ९ बजे सकिएको हो । निर्वाचन समितिका अनुसार सभापति पदको दोस्रो चरणको मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना श...

कांग्रेस सभापतिको दोस्रो चरणको मतदान जारी

कांग्रेस सभापतिको दोस्रो चरणको मतदान जारी
काठमाण्डौ – नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ । भोट हाल्नका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि लाइन बसेका छन् । राष्ट्रिय सभा गृहबाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता, कार्यकर्ताको भिड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभा गृहमा प्रवेश दिएको छ । सभापतिका कुनै पनि उम्मेदवारले पहिलो चरणको चुनावमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान ...

विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने

विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने
काठमाडौं । सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ । त्यसअघि देउवा, निधिलाई भेट्न पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले पनि देउवालाई नै समर्थन गर...