×

मध्य नेपाल

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
काठमाडौँ - गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ ।अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर...

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, भड्खालोमा पर्ने चेतावनी 

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, भड्खालोमा पर्ने चेतावनी 
काठमाडौं । नेकपा एसले माओवादी केन्द्रसँग एकता गर्न लागेका बेला सम्मानित नेता झलनाथ खनालले सम्भावित एकतामा विमति जनाएका छन् । जेनजी आन्दोलनकारीबाट जिउँदै जलाइएकी श्रीमती रविलक्ष्मीको उपचारका लागि दिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै पार्टी एकताको कुरा कुबेलाका बाजा भनेका छन् । उनले यस्तो प्रयासलाई भड्खालोमा जाने बाटो भन्दै पार्टी बलियो बनाउन आह्वान गरेका छन् । खनालको वक्तव्यमा भनिएको छ–यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन ...

राज्य सुरक्षा फिर्ता, अब प्रचण्डको ढाल बने पूर्वलडाकु वाईसीएल टोली !

राज्य सुरक्षा फिर्ता, अब प्रचण्डको ढाल बने पूर्वलडाकु वाईसीएल टोली !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ ।सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीले अध्यक्ष प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं,’ उनले भने । स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलड...

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।बिहान करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् । दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका ...

कार्की आयोग नमान्ने ओलीको प्रष्टोक्ति, बयान दिन नगए सरकारले पक्राउ गर्छ ?

कार्की आयोग नमान्ने ओलीको प्रष्टोक्ति, बयान दिन नगए सरकारले पक्राउ गर्छ ?
काठमाडौं । जेन-जी आन्दोलनबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई स्वीकार नगर्ने प्रष्ट पारेका छन् । आयोगले ओलीसहितको राहदानी रोक्कादेखि उपत्यका बाहिर जान अनुमति लिनुपर्ने भनी सरकारलाई पत्राचार गरेकै बेला उनले कार्की आयोगको अस्तित्व र यसले गर्ने सम्भावित कुनै पनि सिफारिस एमालेले स्वीकार नगर्ने बताएका हुन् । एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्द...

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउन देउवाले बैठक बोलाएका हुन्। एक पदाधिकारीका अनुसार बैठक बिहीबार दिउँसो बस्नेछ। भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणपछि घाइते रहेका देउवाले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। यहीबीच कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि उठिरहेको छ। यहीबीच कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर ...

जाँचबुझ आयोगले भन्यो – अपराधको अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन

जाँचबुझ आयोगले भन्यो – अपराधको अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन
जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीबारे गठन आयोगले फौजदारी कसुरमाथि अनुसन्धानका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ।आयोगले ९ असोज, २०८२ को गृहमन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको र तत्काल अनुसन्धान अघि नबढाउन निर्देशन दिएको विषयमा प्रतिक्रिया दिएको हो। आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारले तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताए।जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीवारे ज...

चितवनबाट राजमार्गमा आवतजावत गर्ने समय बढ्यो, राति ९ बजेसम्म गाडी चलाउन पाइने

चितवनबाट राजमार्गमा आवतजावत गर्ने समय बढ्यो, राति ९ बजेसम्म गाडी चलाउन पाइने
चितवन । तीन दिने झरीका कारण राजमार्गम हुने जोखिमलाई मध्यनजर गरि चितवन प्रशासनले साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर ९ बजे पुर्याएको छ ।हिजो बेलुकादेखि नै चितवनमा झरी रोकिएको र मनसुनको जोखिम कम हुँदै गएको जनाउँदै राति ९ बजेसम्म समय पुर्याएको हो । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवनहुँदै काठमाडौं र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारीको लागि ६ बजेको समय परिमार्जन गरि राति ९ बजेसम्म पुर्याएको बताए ।राजमार्गको जोखिम भने कायमै रहेकोले चितवन छोड्ने र भि...

इलाम पहिरोमा मृतकको संख्या २१ पुग्यो, फसेकाहरूको हेलिकप्टरबाट उद्धार सुरू

इलाम पहिरोमा मृतकको संख्या २१ पुग्यो, फसेकाहरूको हेलिकप्टरबाट उद्धार सुरू
विराटनगर । पहिरोका कारण इलाममा मृत्यु भएकाहरूको संख्या २१ पुगेको छ । गएराति झरेको पहिरोका कारण इलामका बिभिन्न स्थानमा गरेर २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। इलाममा पहिरोका कारण फसेकाहरुका लागि उद्धारका लागि हेलिकप्टर आइपुगेको छ। माङ्सेबुङ्गमा पहिरोका कारण फसेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । पहिरोका कारण मेची राजमार्ग ठाँउ ठ...