×

मध्य नेपाल

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए । एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’ अहिले ऊर्जामन्त्री पत्रकारह...

चितवनको धर्मचोकमा कार दुर्घटना, तीन जना घाइते

चितवनको धर्मचोकमा कार दुर्घटना, तीन जना घाइते
चितवन - चितवनको भरतपुर महानगरपालिका–४ धर्मचोकमा गएराति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।असोज ३ गते बिहान करिब ४ः३० बजे चौबिसकोटीबाट बिशालचोकतर्फ जाँदै गरेको लु ३ च ५३५७ नम्बरको कार अनियन्त्रित भई सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा परेर चालक र सवारीमा रहेका तीनै जना सामान्य रूपमा घाइते भएका छन्।घाइते तीनै जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये चालक ३१ वर्षीय ...

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति
जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो । हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको एक नेताले बताए । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी छ । जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले ...

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर...

दुई जेनजी विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट

दुई जेनजी विद्यार्थीले हाले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं- काठमाडौं विश्वविद्यालयमा कानुन विषयमा अध्ययनरत दुई जेनजी उमेर समूहका विद्यार्थीहरुले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका छन्।रिट दायर गर्ने विपना शर्मा र आयुष बडाल दुवै जेनजी उमेर समूह अर्थात् २८ वर्ष भन्दा कम उमेरका छन्। रिटमा नेपाली जनतामा सार्वभौमसत्ता र राजकीय सत्ता नीहित रहेको तर संवैधानिक व्यवस्था र शासन पद्धतिअनुसार संसदलाई प्रधानमन्त्री नियुक्ति भएको जानकारी नभएको र संसदबाट विश्वासको मत प्राप्त नभएको अवस्थ...

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौंको गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा श्रीमान्‍को संलग्नता खुल...

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री

राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे छलफल थालेकी छन् । उनले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँगै छलफल गरेकी छन् । यी लगायतका विषयमा प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार आधा घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनमा जेनजी पुस्ताको सहभागिताबारे चासो राखेकी थिइन् । अध्यक्ष दाहालले निकटस्थहरूसँग ब्रिफिङ गरेअनुसार प्रधानमन्त्री कार्की राष्ट...

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी
काठमाडौं - नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दिएको छ ।एक युट्युब च्यानलमा कुराकानीको क्रमाम सुवेदीले जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए । विहीबार सो अभिव्यक्तिको खण्डन गरेको माओवादीले साइबर व्युरोमा उजुरीसमेत दिएको हो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार साइबर व्युरोमा उजुरी दर्ता गरी अनुसन्धान गर्न भनिएको ...

नारायणीमा हामफालेकी महिलाको गम्भीर अवस्थामा उद्धार

नारायणीमा हामफालेकी महिलाको गम्भीर अवस्थामा उद्धार
चितवन -  भरतपुर महानगरपालिका–१ नारायणी किनारबाट एक महिलालाई नदीमा हाम फालेको अवस्थामा उद्धार गरिएको छ।आज बिहान करिब ११:१५ बजेतिर करिब ६०–६५ वर्षकी देखिने महिलाले नारायणी नदीमा हाम फालेकी थिइन्। उनी बेहोस अवस्थामा भेटिएकी थिइन्। वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी नायब निरीक्षक अर्जुन भुषालको कमाण्डमा रहेको विपद् व्यवस्थापन टोलीले ती महिलालाई उद्धार गरी भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार महिलाको परिचय खुल्न बाँकी छ भने उनको अवस्था ...