×

मध्य नेपाल

चितवनकाे कालिका नगरपालिकामा गठबन्धनलाई पछि पार्दै एमालेकाे अग्रता

चितवनकाे कालिका नगरपालिकामा गठबन्धनलाई पछि पार्दै एमालेकाे अग्रता
चितवन । कालिका वडा नं।१ को ४ सय गणनामा एमालेको अग्रता रहेको छ । मेयरमा एमालेका बिनोद रेग्मीले १६७ मत प्राप्त गरेका छन । नेपाली काङ्रेसका शिवराम केसीले १५७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले १६४ र माओबादी केन्द्रकि सबिता लामाले १४६ मत प्राप्त गरेकी छन । त्यस्तै वडा नं।१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले १७९ र एमालेका बुद्धि बोम्जनले १७३ मत प्राप्त गरेका छन ।

भरतपुरको मतगणनास्थलमा मतपत्र च्यात्न नमिल्नेगरी फलामको बारसहित जाली

भरतपुरको मतगणनास्थलमा मतपत्र च्यात्न नमिल्नेगरी फलामको बारसहित जाली
चितवन ।  स्थानीय तहको निर्वाचनका कारण यतिबेला देशकै ध्यान भरतपुर महानगरपालिकामा परेको छ । भरतपुरलाई दलहरुले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ ।निर्वाचन आयोगले यसपटक भने मतपत्रको सुरक्षामा विशेष प्राथमिकता दिएको छ । शुक्रवारको मतदानपछि सबैको ध्यान मतगणनामा केन्द्रित हुनेछ ।विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ । आयोगले म...

चितवनमा हत्या गरिएका परियारकाे शव पोष्टमार्टका लागि भरतपुर अस्पतालमा

चितवनमा हत्या गरिएका परियारकाे शव पोष्टमार्टका लागि भरतपुर अस्पतालमा
चितवन । धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान) को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको...

विप्लव पार्टीबाट निष्कासित ! बास्तोला संयोजक तोकिए

विप्लव पार्टीबाट निष्कासित ! बास्तोला संयोजक तोकिए
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयप...

जनमोर्चा त्यागेर ज्ञवलीले दिए गैँडाकाेट १६ काे अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

जनमोर्चा त्यागेर ज्ञवलीले दिए गैँडाकाेट १६ काे अध्यक्षमा स्वतन्त्र उम्मेदवारी
गैंडाकोट।  गैंडाकोट नगरपालिका वडा नम्बर १६ का निवर्तमान    वडा अध्यक्ष रहेका गोवर्धन ज्ञवलीले वडा अध्यक्ष पदकालागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । गत स्थानिय निर्वाचनमा उहाँ राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित हुनुभएको थियो । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि ज्ञावलीले वडा नं। १६ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको भागमा वडा नम्बर १० परेपछि ज्ञवली मोर्चासँग असन्तुष्ट रहेका छन ।

भरतपुरको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिने निष्कर्ष, सभापतिको कार्यकक्षमा तालाबन्दी

भरतपुरको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिने निष्कर्ष, सभापतिको कार्यकक्षमा तालाबन्दी
चितवन । भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेस नेता कार्यकर्ताले आज  छुट्टै भेला गरेका छन् । उनिहरुले पार्टी कार्यालयमा भेला गरेर नेतृत्वको कार्यशैलीको चर्को आलोचना गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत सहभागी भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेको छ। भोलिसम्ममा कसलाई उम्मेदवार बनाउने भन...

चितवनका सभापतिसँग देउवाले भने : भरतपुर माओवादीलाई दिनुपर्ने भयो

चितवनका सभापतिसँग देउवाले भने : भरतपुर माओवादीलाई दिनुपर्ने भयो
चितवन  । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चितवन कांग्रेसका सभापति राजेश्वर खनाल आज काठमाडौं बोलाएर भेटेका छन् । खनालले र विहान ११ बजे देउवासँग भेट गरेको बताए । ‘सभापतिले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरो भएनँ,’ उनले भने, ‘मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग सभापतिसमक्ष राखेर जिल्ला फर्किँदैछु ।’ भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रल...

मर्निङवाक निस्केका गैँडाकोटका ८५ बर्षका बृद्ध बेपत्ता

मर्निङवाक निस्केका गैँडाकोटका ८५ बर्षका बृद्ध बेपत्ता
गैँडाकोट । मर्नीङ वाकमा निस्केका नवलपुरको गैँडाकोटका ८५ वर्षका बृद्ध शनिवार विहानदेखि परिवारको सम्पर्कमा नआउदा चिन्ता छाएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ इलाका प्रहरी कार्यालय अगाडी घर भएका डिल्ली नारायण श्रेष्ठ शनिवार विहान ५ वजेदेखि हराएको छोरा सत्य श्रेष्ठले जानकारी दिए । सधैजसो मर्नीङ वाकमा निस्केर समयमै घर आउने गरेका बृद्ध घरमा नआएपछि परिवारमा चिन्ता छाएको श्रेष्ठले बताए । बुवा सधै मर्नीङ वाक सकेर समयमै घर आउनुहुन्थ्यौ तर यतिका घण्टा वितिसक्दा समेत बुवा घर नआउदा पर...

भरतपुरको विषयमा वार्ता र छलफल भइरहेको छः नेता सिंह

भरतपुरको विषयमा वार्ता र छलफल भइरहेको छः नेता सिंह
चितवन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् ।आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई÷दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए । उनले भने, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनक...