×

मध्य नेपाल

कतारको राजा आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा

कतारको राजा आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा
काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। कतारका अमिरले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि ...

हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउने प्रधानमन्त्रीको प्रतिबद्धता

हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउने प्रधानमन्त्रीको प्रतिबद्धता
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै बन्धक बनाइएका नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन पहल भइरहेको जानका...

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो । भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए । भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए...

गुल्मीको इस्मामा आगलागीबाट ३८ घरगोठ जले

गुल्मीको इस्मामा आगलागीबाट ३८ घरगोठ जले
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका- २ मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेको वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरगोठ जल्दा ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् । अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । इस्मा गाउँपालिकाबाहेक...

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान
  काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् । नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्...

बाहुबली हर्बल प्रा.लि.को कम्पाउन्डमा आगलागी

बाहुबली हर्बल प्रा.लि.को कम्पाउन्डमा आगलागी
बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं। ६ स्थित बाहुबली हर्बल प्रा।लि।को कम्पाउन्ड भित्रको ग्राउन्डमा डम्प गरिराखेको सल्लो प्रजातिको काठरखोटोमा आगलागी भएको छ । बिहीबार बिहान करिब सात बजे अचानक आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी नियन्त्रणमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र प्रहरी उपरीक्षक तुल बहादुर कार्कीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक सय ७३ जनाको टोली खटिएको छ । स्थानीय पनि आगलागी नियन्त्रणमा जुटिक...

केही भूभागमा हावाहुरी र चट्याङसहित वर्षा हुने अनुमान

केही भूभागमा हावाहुरी र चट्याङसहित वर्षा हुने अनुमान
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ।यतिबेला(बुधबार बिहान)  देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानम...

बागमतीमा मन्त्रालय हेरफेरको तयारी, एकीकृत समाजवादीलाई रोजेकै मन्त्रालय

बागमतीमा मन्त्रालय हेरफेरको तयारी, एकीकृत समाजवादीलाई रोजेकै मन्त्रालय
हेटौंडा । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विवाद समाधान उन्मुख देखिएको छ । नेकपा एकीकृत समाजवादीको मागअनुसार मन्त्रालय हेरफेरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत भएका छन् । मन्त्रालय बाँडफाँडको विषयलाई लिएर सत्ता गठबन्धनभित्र हानथाप थियो । यसअघि एकीकृत समाजवादीले थप एउटा मन्त्रालय दिनुपर्ने वा मन्त्रालय संख्या नै घटाएर ११ वटा मन्त्रालय बनाउनुपर्ने अडान लिएको थियो । एकीकृत समाजवादीलाई रोजेकै मन्त्रालय दिएर १२ वटा मन्त्रालय नै कायम गरिने गठबन्धनका दलबीच सहमति ज...

प्रतिनिधि सभाको बैठक बस्दै, कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रतिनिधि सभाको बैठक बस्दै, कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ ।बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।प्रतिनिधि सभाको बैठक पनि वैशाख २ गते बिहान ११ बजे राखिएको छ । संसद्को हिउँदे अ...