×

मध्य नेपाल

सेयर बजार २७०० नजिक, सवा १७ अर्बको कारोबार

सेयर बजार २७०० नजिक, सवा १७ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६९६ अंकमा पुगेको छ । २ : ४० बजे नेप्से २७०९ अंकसम्म पुगेको थियो । कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२,...

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । लामाले नेपालको संविधानको धारा १६८ को उपधारा...

पोखरा स्कुल बस दुर्घटना अपडेट -आमा र छोराको मृत्यु

पोखरा स्कुल बस दुर्घटना अपडेट -आमा र छोराको मृत्यु
पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं.को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन...

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २९ जना घाइते
पोखरा - पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
पोखरा- पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो । बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार थिए । यसमध्ये २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता

सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता
चितवन । चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता भएका छन् ।माडी नगरपालिका वडा नं। २, सितलपुर निवासी बर्ष ३० का राजु परियार, बर्ष २८ का साजन परियार र बर्ष २५ का रमेश परियार घर नफर्की शनिवार बिहानदेखि बेपत्ता भएका हुन् । शनिवार बिहान करीब ८ः३० बजे घर नजिकैको गर्दी चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका उनीहरु चुरेको डाँडोमा पुगेको भन्दै बिहान करीब १० बजे घरपरिवारसंग फोन सम्पर्कमा आएका थिए । त्यसपछि सम्पर्कविहीन ...

गोरखामा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता

गोरखामा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता
काठमाडौं- उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्।शनिबार रातिको पहिरोमा परी कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएका छन्।एक जना वृद्धको पहिचान हुन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले जानकारी दिइन्। ‘घटनास्थल निकै विकट ठाउँमा हुनाले उद्धारमा कठिनाइ भइरहेको छ। जिल्लाबाट सुरक्षा टोली घटनास्थलतर्फ हिँडिसक्नुभएको छ। गाउँपालिकाको केन्द्रबाट पनि दुई घन्टा लाग्ने हुनाले सहजी...

त्रिशुलीमा हराईरहेको बस खोज्न प्रयोग गरिएको ठूलो चुम्बक नै बगायो

त्रिशुलीमा हराईरहेको बस खोज्न प्रयोग गरिएको ठूलो चुम्बक नै बगायो
  चितवन–भारतीय उद्दार टोलीले घटनास्थल सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक नै पानीले बगाएको छ । आज दिउँसो खोजी कार्य गर्ने क्रममा १९ किलोको चारपाटे चुम्बक नै पानीले बगाएको उद्दारमा खटिएको टोली स्रोतले नारायणी अनलाइनलाई जानकारी दियो । उक्त चुम्बक खोज्न खोजीकार्य टोली देवघाटसम्म पुगेको थियो । तर चुम्बक फेला पर्न सकेन । चुम्बकसंगै लाइफ ब्वाई ट्युव समेत पानीले बगाएको छ । लाइफ ब्वाई ट्युव पानीमा मानिस डुबेको बेला उद्दारको ...

नम्बर नखुलेको सवारीको ठक्करबाट भरतपुरमा मोटरसाइकल चालकको मृत्यु

नम्बर नखुलेको सवारीको ठक्करबाट भरतपुरमा मोटरसाइकल चालकको मृत्यु
चितवन -चितवनको भरतपुरमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमबस्ती बस्ने ५० वर्षका चण्डीप्रसाद अधिकारी रहेका छन् । अधिकारी सवार बागमती प्रदेश ०६-००३ प ६८३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा ज्यान गएको हो ।मृतक अधिकारी फेन्सी ब्यवसायी हुन् । भरतपुर १० स्याउली बजारमा रहेको जेनिसा फेन्सी उनैले संचालन गर्दै आएका थिए । गएराति ११ः५५ वजे भरतपुर ८ अशोकचोकमा भएको दुर्घटनामा परि ग...