कालिगण्डकी करिडोर र भित्री सडक राति बन्द हुने (सूचना सहित )
नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको अनुमान अनुसार यस अवधिमा मध्यमदेखि भारी वर्षा हुने भएकाले सम्भावित बाढी, डुबान, पहिरो र भूक्षयबाट बच्न सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले अत्यावश्यक बाहेक घरदेखि टाढा नगइ राति यात्रा नगर्न, नदी किनार र पहिरो जोखिम क्षेत्रमा बसाइ छाड्न, आवश्यक कागजात र खाद्यान्नसहितको ‘झटपट झोला’ तयार गर्न सुझाव दिएको छ ।...



























