आइपीएलः कोलकत्ताद्धारा हैदराबाद ७ विकेटले पराजित
काठमाडौं । युएईमा जारी इण्डियन प्रीमियर लीग ९आइपीएल० अन्तरगत गयराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । हैदराबादले दिएको १४३ रनको लक्ष्य कोलकत्ताले ३ विकेट गुमाउँदै पुरा गर्यो ।
कोलकत्ताको जितमा युवा खेलाडी ओपनर व्याट्सम्यान शुभम गिलले अविजित रहँदै ७० रनको अर्धशतकिय पारी खेले । यस्तै इयोजन मोरर्गनले अविजित ४२ रनको पारी खेले । नितिश रानाले २६ रन बनाए भने कप्तान दिनेश कार्तिक र सुनिल नारिने खाता नखोल्दै आउट भए ।
यसअघि पहिले...



























