विदेश पठाउने भन्दै ३ करोड ठगेर कावासोतीका म्यानपावर व्यवसायी फरार
नवलपुर । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका कावासोतीका एक म्यानपावर व्यवसायी फरार भएका छन् । पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका छैनन् ।
पीडितका अनुसार कावासोती नगरपालिका १४ का मुक्ति थनेतले आयरल्यान्ड र बुल्गेरिया पठाइदिने भन्दै २० जनासँग १५ लाखका दरले रकम उठाएर बेपत्ता भएको भन्दै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन् ।
गत जेठमा कावासोतीका श्यामप्रसाद लम्सालसमेत ...


