मकैका पारखीका लागि गैँडाकोटमा ‘मकैघर’ सञ्चालनमा
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहित मकैघर सञ्चालनमा आएको छ । राजमार्गका यात्रुहरु र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आईतबार देखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्धेश्य सहित मकैघर सञ्चालनमा ल्याएको बताए ।
उनका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै , मकैको चटपट, मकैको मःम , मकैको सातु , मकैको पकौडा लगायतका परिकार पाईन्छन । यस्तै मकैसं...


