×

समाचार

पशुपतिनाथ मन्दिर आजदेखि खुला

पशुपतिनाथ मन्दिर आजदेखि खुला
काठमाण्डौ – लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने...

ओलीलाई स्थायी कमिटी बैठकवाटै कारबाहीको तयारी

ओलीलाई स्थायी कमिटी बैठकवाटै कारबाहीको तयारी
काठमान्डौ । आन्तरिक  विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्त...

नेपाली अलैँचीका पाँच जातको पहिचान

नेपाली अलैँचीका पाँच जातको पहिचान
इलाम । नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ। नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन। अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ। नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो। नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची ...

रोकिराखेको ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रोकिराखेको ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
लमही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखरीको राप्ती गाउँपालिका–८ बिजौरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नं। ७ निवासी २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । उनले चलाएको रा ३ प १३७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि लमही लैजाँदै ग...

चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
 काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३र२४ वर्षका मनिष कार्की र ट्रक चालक मनकुमार माझीको मृत्यु भएको छ । दुवै जनाको घर सिन्धुली हो । ‘सवारीधनीले ट्रक रातिबाटै सम्पर्कविहीन भएको बताउनु भए...

अख्तियारका पूर्वप्रमुख आयुक्‍त बस्न्यात पुर्पक्षका लागि थुनामा

अख्तियारका पूर्वप्रमुख आयुक्‍त बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आइतबार अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ...

बालाचतुर्दशीको पूर्वसन्ध्यामा सुनसान पशुपति

बालाचतुर्दशीको पूर्वसन्ध्यामा सुनसान पशुपति
काठमाण्डौ - मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुर्दशी पर्वमा यस वर्ष पशुपति सुनसान भएको हो । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिना...

केटीको विषयलाई लिएर साथीको हत्या, एकजना पक्राउ

केटीको विषयलाई लिएर साथीको हत्या, एकजना पक्राउ
काठमाण्डौ – सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । युवतीको विषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको थियो । रानाको बयानको आधारमा...

फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना

फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना
पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे ९नेपाल० को निधन भएको थियो भने यात्रु घाइते भएका थिए । घटनाबारे अध्ययन गर्न एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गति...