×

राजनीति

गृहमन्त्रीका लागि २ दिन पर्खिने रास्वपाको निर्णय 

गृहमन्त्रीका लागि २ दिन पर्खिने रास्वपाको निर्णय 
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।

सरकार संकटमा पर्छ जस्तो लाग्दैन : ओली

सरकार संकटमा पर्छ जस्तो लाग्दैन  : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको उन...

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली ना...

आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम...

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको धम्की

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको धम्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले गृह मन्त्रालय नछाड्ने बताएको छ । रवि लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल ढकालले बताउनु भयो । रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै प्रवक्ता ढकालले भन्नुभयो , ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’ अहिलेसम्म गृह मन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवा...

रास्वपाको प्रदेशका विस्तारित बैठक तथा कार्यक्रम स्थगित

रास्वपाको प्रदेशका विस्तारित बैठक तथा कार्यक्रम स्थगित
काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि सुरू गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ। महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार सूचना जारी गर्दै विशेष परिस्थितिका कारण यही माघ १४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका कार्यक्रम अनिश्चितकाल लागि स्थगित भएको जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७९-१०-१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा स...

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमित खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक पदाधिकारीले बताए ।

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए । हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । ‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने ।उनले गृह मन्त्रालयले छानबिनको काम आज नै अघि बढाउने पनि बताए । आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै...