गण्डकीमा राप्रपाको साथ माग्दै ओलीले भने- म पनि बाहुनको छोरो, दुइटा कुरा गर्न आउँदैन
पोखरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशको सरकार बनाउन राप्रपाको साथ खोजेका छन्।पार्टी कामको सिलसिलामा पोखरा आएको बेला शुक्रबार राप्रपाका नेताहरूसँग भेटेर उनले प्रदेश सरकार बनाउन सहयोगको आग्रह गरेका हुन्।
एमाले माओवादी सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति छ। एमाले नेतृत्वमा गण्डकी सरकार बनाउन वर्तमान सत्ता गठबन्धनबाट बहुमत पुग्दैन, राप्रपाका २ सांसद निर्णायक छन्।
एमाले कास्कीको नवनिर्वाचित कमिटीलाई शपथ गराउन शुक्रबार पोखरा आए...


