×

राजनीति

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता
काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् ।

मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्रीले गुमाए विश्वास

मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्रीले गुमाए विश्वास
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन असफल भएका छन्।प्रदेश सभामा बहुमत सांसदले उनको विपक्षमा मतदान गरेका छन्। मधेस प्रदेशमा अहिले १०६ जना सांसद छन्।यसमध्ये आजको प्रदेश सभा बैठकमा १०३ जना उपस्थित थिए। मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए।मधेस प्रदेश सभा बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक छ।विश्वासको मत सावित गर्न नसकेपछि मुख्यमन्त्री यादव पदमुक्त भएका छन्। संविधाानको धारा १८८ को उपधारा...

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन – माधव नेपाल

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन – माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो एकीकृत समाजवादी संघ र प्रदेशका सत्ता गठबन्धन हेरफेरमा कतिपय अवस्थामा निर्णायकसमेत रहँदै आएको छ । आफूहरुलाई बेवास्ता र अपमान नगर्न आग्रह गर्दै आएका सो दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय राजनीति र एकीकृत समाजवादीको दस...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्...

संसदीय छानबिन समितिलाई चार बुँदे कार्यादेश

संसदीय छानबिन समितिलाई चार बुँदे कार्यादेश
काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर)टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।      

सहकारी प्रकरण छानबिनमा आज संसदीय समिति बन्ने, कार्यादेशलाई अन्तिम रूप दिइँदै

सहकारी प्रकरण छानबिनमा आज संसदीय समिति बन्ने, कार्यादेशलाई अन्तिम रूप दिइँदै
काठमाडौं । सहकारी ठगीबारे सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको सहमतिले आज औपचारिकता पाउने भएको छ ।सोमबार साँझ दलहरुको बैठकले ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । आज बस्ने तय भएको बैठकले कार्यादेशलाई अन्तिम रुप दिएर समिति बनाउने बाटो खुला हुनेछ ।समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी सोमबार नै भएको छ । जसमा एमाले र कांग्रेसबाट दुईरदुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने सहमति भएको छ । समितिले सूर्यदर्शन, सुप्रीमलगायत सहक...

सर्वोच्चको आदेश – ४८ घण्टाभित्र पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्त गर्नू

सर्वोच्चको आदेश – ४८ घण्टाभित्र पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्त गर्नू
पोखरा । सर्वोच्च अदालतले ४८ घण्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ ।सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमु...

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै

सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै
  काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।काठमाडौंका १०...

रास्वपाद्धारा गैँडाकोटका तीन वडामा नयाँ कमिटी गठन

रास्वपाद्धारा गैँडाकोटका तीन वडामा नयाँ कमिटी गठन
गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटले शनिवार ३ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।गैँडाकोट ४, ५ र ८ मा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट नगरकमिटीका उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो । गैँडाकोट ४ मा भएको अधिवेशनबाट वडा सभापतिमा राम काप्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रामनाथ पौडेल, कमला सापकोटा, सुरेन्द्र बहादुर जि।सी, सृजना पराजुली, सुमित्रा खड्का परियार, खुमकान्त पौडेल, केशवप्रसाद पौडेल र डिल्लीराज देवकोटा...