चिनियाँ कम्पनीले बुझायो सिद्धबाबा सुरुङको डिजाइन, डेढ महिनाभित्र निर्माण सुरु
ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ । गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का सम्झौता भएको थियो ।
अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी नौ कम्पनीमध्ये विभागले गत फागुनमा उक्त कम्पनीलाई छनोट गरेको थियो । आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सिद्धार्थ राजमार्गक...


