एकअर्काको जुठो खाँदा के हुन्छ ?
डा.विप्लव अधिकारी
सामान्यतः हामी मन मिल्ने हितैषी खानेकुरा खाँदा एकअर्काको जुठोको पर्वाह गर्दैनौं । एउटै थाल वा भागको खानेकुरा सराबरी खाइदिन्छौं ।प्रेमी-प्रेमिका हुन् वा श्रीमान्-श्रीमती, एकअर्काको जुठो खानमा असहज होइन अरु बढी आत्मीय अनुभव गर्छन् । साथी-साथी, आमाबुवा र छोराछोरी प्रायः एकअर्काको जुठो खाइरहेका हुन्छन् ।
एकअर्काको जुठो खान मिल्छ ?
एक जनाले खाएको खानेकुरा अर्कोले पनि सोही भागबाट खाँदा त्यो खानामा थुक धेरैथोरै मिसिएको हुन्छ । साथै सँगै खाएका साथीसँग गिजाक...


