×

नवलपुर विशेष

गैडाकोटमा जारी महोत्सवमा आज बद्री पंगेनी आउदै

गैडाकोटमा जारी महोत्सवमा आज बद्री पंगेनी आउदै
गैँडाकाेट ।  प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज शुक्रबार चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुती रहने बताइएको छ । सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार शुक्रबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनीसहितका कलाकारहरुले प्रस्तुती राख्ने छन् । शुक्रबार पंगेनीसहित सुशीला गौतम, आरुसी मगरलगायतका कलाकारको प्रसतुती रहने लम्सालले बताए ।

राष्ट्रपति चयनका लागि मतदान सुरु

राष्ट्रपति चयनका लागि मतदान सुरु
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो ।राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश...

चौथो दिनसम्म २२ हजारद्वारा मेलाको अवलोकन

चौथो दिनसम्म २२ हजारद्वारा मेलाको अवलोकन
नवलपुर।नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को हालसम्म २२ हजार दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको चौथो दिनसम्म आइपुग्दा २२ हजार दर्शकले मेलाको अवलोकन गरेका मेला सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए । भट्टचनका अनुसार मेलाको चौथो दिन बुधबारमात्रै करिब पाँच हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । मेलामा दर्शकहरुको उपस्थिति अपेक्षाकृत नै रहेको भट्टचनले जानकारी दिए । मेलाका अवसरमा...

गैँडाकोटको मुकुन्दसेन टेलिभिजनमा चोरी

गैँडाकोटको मुकुन्दसेन टेलिभिजनमा चोरी
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट सञ्चालनमा आइरेहको मुकुन्दसेन टेलिभिजनमा आज विहान चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं ८ स्थित टेलिभिजनको कार्यालयबाट २ वटा डिएसएल क्यामेरा र २ वटा ल्यापटप चोरी भएको हो । तेस्रोतला माथी रहेको टेलिभिजनको स्टुडियो र अफिस कोठमा रहेका सञ्चारसामाग्री विहान २ बजेर ५२ मिनेटमा चोरी भएको सिसिटीभी फुटेजमा देखिएको सोहि टेलिभिजनमा कार्यरत पत्रकार नविन सुवेदीले जानकारी दिए । इलाका प्रहरी कार्यालय गैँडाकोटले घटनाको बारेमा जानकारी लिने काम भैरहेको बताएको...

दश हजार दर्शकद्वारा मेलाको अवलोकन

दश हजार दर्शकद्वारा मेलाको अवलोकन
नवलपुर ।नवलपुरको गैँडाकोटमा आइतबारदेखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को मंगलबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार मंगलकार होली पर्व परेकाले दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो । मंगलबार मेलाको सांस्कृतिक कार्यक्रमलाई होली धमाका नाम दिएर चर्चित कलाकारको प्रस्तुती रहेका कारण पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति रहेको अधिकारीको भनाइ छ । बुधबार प...

गैडाकोटमा जारी महोत्सवमा आज गायिका प्रिती आले आउदै

गैडाकोटमा जारी महोत्सवमा आज गायिका प्रिती आले आउदै
गैँडाकोट ।आइतबारदेखि सुरु भएको प्रथम गण्डकी औधोगिक व्यापार मेला-२०७९ गैँडाकोटको नारायणी नदी किनारमा जारी छ । महोत्सवको दोस्रो दिन स्थानीय र राष्ट्रिय कलाकारले प्रस्तुती दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गैँडाकोट उद्योग वाणिज्य संघको सहआयोजना र गण्डकीका सबै उद्योग वाणिज्य संघहरुको सहयोगमा जारी महोत्सवमा आज गायक रामेशराज भट्टराई, राधिका हमाल लगायतको प्रस्तुती रहेको थियो । महोत्सवको तेस्रो दिन आज गायिका प्रिती आले, प्रतिमा गैरे गायक उर्गेन ...

महोत्सवको साङ्गीतिक कार्यक्रममा नाचे दर्शकहरु; भोलि होलि धमाकामा प्रिती आलेले गाउने

महोत्सवको साङ्गीतिक कार्यक्रममा नाचे दर्शकहरु; भोलि होलि धमाकामा प्रिती आलेले गाउने
नवलपुर ।गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाको साङ्गीतिक कार्यक्रममा दर्शकहरुले भरतपुर मनोरञ्जन लिएका छन् । आज फागु पूर्णिमा अर्थात होलिसमेत परेका कारण महोत्सवस्थल होलिमय बनेको थियो । होलि विशेष सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायिका राधिका हमाल, गायक रमेशराज भट्टराई, एमटी महरलगायतका कलाकारहरुले गीत दर्शकलाई नचाएका थिए । गायक भट्टराईले गीत गाउँदै सांस्कृतिक कार्यक्रममो सुरुआत गरेका थिए । भट्टराईले गाउन थालेपछि उनलाई दर्शकले साथ दिए । ...

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने हो...

प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव सुरु

प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव सुरु
चोरमारा । नवलपुरको चोरमारामा आजदेखी प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । महाेत्सवकाे एक समाराेहका विच  मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभयोे । घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु, चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवले संयुक्त रुपमा आजदेखि मध्यविन्दु नगरपालिका ७ स्थित नवजागरण प्रा।वि।को पूरानो भवनको मैदानमा “प्रथम मध्यविन्दु कृषि , पर्यटन , व्यापारीक तथा साँस्कृतिक महोत्सब २०७९” बिहिवार देखि सुर...