×

नवलपुर विशेष

अयोग्य लडाकूलाई पैसा बाड्न लागेको बिराेधमा गैँडाकोटमा रिले अनसन सुरु

अयोग्य लडाकूलाई पैसा बाड्न लागेको बिराेधमा गैँडाकोटमा रिले अनसन सुरु
गैँडाकोट । अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नवलपुरको गैँडाकोटमा नागरिक अगुवाहरुले रिले अनसुन सुरु गरेका छन् ।गैँडाकोटको काग्रेसचोकमा आजदेखि सुरु भएको रिले अनसन सरकारले निर्णय नसच्याउन्जेल जारी रहने रिले अनसनका संयोजक गोकुल सापकोटाले बताउनुभयो । अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने संयोजक सापकोटाले चेतावनी दिनुभयो । अयोग्य लडाकुलाई दुई लाख रुपैय...

गैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य

गैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य
चितवन । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ...

गैँडाकोटको कालिका मेडिकल कलेजमा प्रवेश परिक्षा तयारी कक्षा सुरु

गैँडाकोटको कालिका मेडिकल कलेजमा प्रवेश परिक्षा तयारी कक्षा सुरु
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको कालिका मेडिकल कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षा सुरु गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल कलेजले वैसाख १५ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु गरेको हो । बैसाख १५ गतेदेखि प्रवेश परिक्षा तयारी सुरु भएको जनाउँदै वैसाख  ३० गतेसम्म कलेजमा आएका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षामा समावेश गराउने कलेजले जनाएको छ ।कालिका मेडिकल कलेजका प्रशासन प्रमुख तोयनाथ ...

ग्लोबल स्मार्ट प्लसबाट मौलाकाली केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

ग्लोबल स्मार्ट प्लसबाट मौलाकाली केबलकारको टिकट किन्दा १० प्रतिशत छुट
नवलपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकाली केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ ।बैँकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउने बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकाली केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हु...

आज वैशाख १४ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

आज वैशाख १४ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
आज वि.स.२०८० साल वैशाख १४ गते बिहीवार, सन् २०२३ अप्रिल २७ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ...

तराईबाट पहाड र हिमाल चढ्दै औलो

तराईबाट पहाड र हिमाल चढ्दै औलो
काठमाडौं । ‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसिमा बाँकी छ । य...

मौलाकाली केबलकारको उद्घाटन बैशाख १८ गते प्रधानमन्त्री प्रचण्डले गर्ने

मौलाकाली केबलकारको उद्घाटन बैशाख १८ गते प्रधानमन्त्री प्रचण्डले गर्ने
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा नयाँ वर्षदेखि सञ्चालनमा आएको मौलाकाली केवलकारको औपचारिक उद्घाटन बैशाख १८ गतेहुने भएको छ ।बैशाख १८ गते विहान ११ वने नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केबलकारको उद्घाटन गर्ने कार्यक्रम रहेको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिनुभयो । केबलकारमा दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५...

मध्यविन्दु नगरपालिकाको गाडीको ठक्कर बाट ४ वर्षीय बालकको मृत्यु

मध्यविन्दु नगरपालिकाको गाडीको ठक्कर बाट ४ वर्षीय बालकको मृत्यु
कावासोती । मध्यविन्द नगरपालिकाको गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । आईतबार मध्यविन्दु १५ वडा कार्यालय नजिकै मध्यविन्दु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढने बा २ झ २३१२ नं को गाडीको ठक्करबाट सोही वडाका ४ वर्षीय बालक आदित्य माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गाडी चालक कृष्णप्रसाद भण्डारी र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रम नवप्रवर्दन कार्यक्रम तथा नगरपालिकाको अन्य यो...

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं–सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । य...