गैँडाकोट इङ्गलिस स्कुललाई “क” श्रेणीको मान्यता प्रदान (अन्य स्कुलको अवस्था के ?)
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङ्गलिस स्कुल नगरकै अब्बल विद्यालय बनेको छ । गैँडाकोट नगरपालिका शिक्षा शाखाले गरेको नगरभित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्गलिस स्कुल “क” श्रेणीमा पर्न सफल भएको हो ।
गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा. बालकृष्ण चापागाइका अनुसार नगरका २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा गैँडाकोट इङ्गलिस स्कुलले “क” श्रेणीमा पार्दै आफुलाई अब...


