×

खेलकुद

फिफा वरियतामा नेपाल यथावत स्थानमा

फिफा वरियतामा नेपाल यथावत स्थानमा
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का ...

फ्रेन्च लिग वान : पिएसजी नवप्रवेशी लेन्ससँग पराजित

फ्रेन्च लिग वान : पिएसजी नवप्रवेशी लेन्ससँग पराजित
काठमाडौं ।  साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पराजित भएको छ । गएराति भएको खेलमा पिएसजी नवप्रवेशी लेन्ससँग स्तब्ध भएको हो । स्टार खेलाडीहरु नेमार, किलिएन एमबाप्पेसहित ७ खेलाडीलाई कोरोना संक्रमण भएकाले पिएसजीले दोस्रो रोजाइका खेलाडीलाई खेलाउनुपरेको थियो । मुख्य खेलाडीहरुलाई कोरोना पोजेटिभ देखिएपछि पिएसजीको पहिलो खेल हुनेरनहुने शंका थियो । तर अन्ततः खेल भने भयो । नेमार, एमबाप्पे, डि मारिया, माउरो इकार्डी, मार्किन्होस लगायत खेला...

ट्रिनबागोको लगातार सातौं जित, सन्दीप सम्मिलित जमैका १९ रनले पराजित

ट्रिनबागोको लगातार सातौं जित, सन्दीप सम्मिलित जमैका १९ रनले पराजित
काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा अपराजित यात्रा कायम राख्दै लगातार सातौं जित हात पारेको छ । कलिन कनरोको अर्धशतक मद्दतमा ट्रिनबागोले नेपाली क्रिकेट सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजलाई १९ रनले पराजित गरेको हो । सन्दीपले खेलमा १ विकेट लिए । उनले लगातार ७ खेलमा विकेट लिएका हुन् ।लगातार ७ जितसहित १४ अंक जोडेको ट्रिनबागो शीर्ष स्थानमा छ ।ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन ...

गायनाविरुद्ध जमैकाको बदला, मुजिव र सन्दीपको उत्कृष्ट बलिङ

गायनाविरुद्ध जमैकाको बदला, मुजिव र सन्दीपको उत्कृष्ट बलिङ
   काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा गायना अमेजन वारियर्सविरुद्ध बदला लिँदै जित हात पारेको छ । बुधबार बिहान सम्पन्न खेलमा स्पीनरहरु मुजिव उर रहेमान र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा जमैकाले गायनालाई ५ विकेटले पराजित गरेको हो । यसअघि जमैका गायनासँँग १४ रनले पराजित भएको थियो । लिगमा दोस्रो जित हात पारेको जमैकाले ४ खेलबाट ४ अंक नै जोडेको छ र चौथो स्थानमा यथावत छ । ५ खेल खेलिसकेको गा...

सीपीएल : ट्रिनबागो र जुक्सको लगातार तेस्रो जित

सीपीएल : ट्रिनबागो र जुक्सको लगातार तेस्रो जित
८ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा लगातार तेस्रो जित हात पारेको छ । कप्तान किरण पोलार्ड कोलिन मनरो र डारेन ब्राभोले उत्कृष्ट ब्याटिङ गरेको खेलमा ट्रिनबागोले साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सलाई १९ रनले पराजित गरेको हो । यस्तै सेन्ट लुसिया जुक्सले पनि गायनालाई हराएर लगातार तेस्रो जित हात पारेको छ । लगातार ३ खेल जितेको ट्रिनबागो ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । ट्रिनबागो यस सिजन अपराजित एक्लो टिमसमेत हो । साविक विजेता बार्बे...

च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिख र पीएसजी भिड्दै

च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिख र पीएसजी भिड्दै
भदौ ७ काठमाडौं च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।पोर्चुगलको लिस्बनमा आज राति पौने एक बजे हुने खेलमा जर्मन क्लब बार्यनम्युनिख र पेरिस सेन्ट जर्मेन पीएसजी भिड्नेछन । पाँच पटक उपाधि जितेको बार्यनम्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सेमिफाइलनमा बार्यनले लियोनलाई र पीएसजीले लाइप्जिगलाई पराजित गरेको थियो । लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्...

क्रिकेटर रोहित शर्मासहित ५ खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड

क्रिकेटर रोहित शर्मासहित ५ खेलाडीलाई राजीव गान्धी खेल रत्न अवार्ड
६ भदौ, साउन । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्माले भारतको सबैभन्दा ठूलो खेल विधाको सम्मान राजीव गान्धी खेल रत्न अवार्ड पाउने भएका छन् । भारतको युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार क्रिकेटर रोहितसहित ५ खेलाडीलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । रोहित यस अवार्ड पाउने चौथो क्रिकेटर हुनेछन् । यसअघि क्रिकेटका सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र विराट कोहलीले यस अवार्ड पाएका छन् । क्रिकेटर रोहितसँगै खेल रत्न अवार्डबाट सम्मानित हुने अन्य खेलाडीमा टेबल ...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...