आईपीएलमा कोलकताले राजस्थानलाई ६० रनले हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।
यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
कोलकताका लागि इयान मोर्गनले कप्तानी पारी खेले । खराब सुरुवात गरेको कोलकताका लागि सुवमन गिल र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थि...

























