×

आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५०० रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनेको हो ।त्यस्तै चाँ...

बन्दीपुरको केबुलकार र १७ तल्ले होटल माघ १ देखि सञ्चालनमा आउने

बन्दीपुरको केबुलकार र १७ तल्ले होटल माघ १ देखि सञ्चालनमा आउने
तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य...

चाडपर्वमा सौराहासहित जिल्लाका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो

चाडपर्वमा सौराहासहित जिल्लाका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो
चितवन । कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । शनिबार, सार्वजनिक बिदा र चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका व्यवसायीले बताएका छन् । दसैँ, तिहार र छठ पर्वको समयमा यहाँका प्रायः सबै पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिएक...

अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै

अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै
काठमाडौं ।  अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले बोलाएको बैठक आज बस्दैछ।अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न सोमबार अन्तरनिकाय छलफल डाकेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ। बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।विगतमा सरकारल...

वर्ल्डलिङ्‍कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

वर्ल्डलिङ्‍कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्‍क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ ।एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले मंगलबार,१४ नोभेम्बर २०२३ दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो । एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्‍कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए ।कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टर...

तनहुँको बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

तनहुँको बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल
दमौली । चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताउनुभयो । प्रधानले भन्नुभयो, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दै...

एउटै फार्मबाट बिक्री भयो तीन करोडको केरा

एउटै फार्मबाट बिक्री भयो तीन करोडको केरा
झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रूपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ। भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो। दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन्। भद्रपुरको खेतबाट एउटा यामको...

भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाऔं : राष्ट्र बैंक

भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाऔं : राष्ट्र बैंक
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ । तिहारको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जम्मा हुने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको छ । ‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँ...

तीन महिनामा भित्रियो तीन खर्ब ६५ अर्ब रेमिटेन्स

तीन महिनामा भित्रियो तीन खर्ब ६५ अर्ब रेमिटेन्स
काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो महिना (असोज) मा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको थियो। यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा रेमिटेन्स भित्रिरहेको छ।असोजको एक महिनामै भने एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको हो। यो तीन महिनामा नयाँ गन्तव्यको लागि ...