×

गैँडाकोट –नवलपुरको गैँडाकोटमा आज बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको दुःखद् निधन भएको छ।

मृत्यु हुनेमा गैँडाकोट नगरपालिका वडा नं. ६ का अन्दाजी २२ वर्षीय एक स्थानीय युवक रहेका छन्। इलाका प्रहरी कार्यालय गैँडाकोटले दिएको जानकारी अनुसार गैँडाकोट–५ स्थित गैँडाकोट इङ्लिस स्कुलको ग १ क ३९७० नम्बरको बसले ती युवकले चलाइरहेको ना ५८ प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज (CMC) पुर्‍याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।घटनापछि ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया