नवलपुर – नवलपुरको देवचुलीमा गैरकानुनी रूपमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार बिहान एक जनाको ज्यान गएको छ।मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-१ घर भई हाल देवचुली नगरपालिका-१५ बस्दै आएका सूर्यबहादुर थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार देवचुली-१५, सालघारीस्थित लोकाहा खोलामा बिजुलीको पोलबाट तार तानेर माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो। करेन्ट लागेलगत्तै उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली पुगेर शव परीक्षण तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



उज्यालो खबर

