×

काठमाडौँ . बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाउँदै १५ जनालाई दोषी ठहर गरेको छ भने ७ जनालाई सफाइ दिएको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका उच्चपदस्थसहितका अभियुक्तहरूको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो ।

अदालतको फैसलाअनुसार पूर्वगृहमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल दोषी ठहर भएका छन् । यसैगरी गिरोहका मुख्य योजनाकार मानिएका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मासहित १५ जनालाई अदालतले कसुरदार ठहर गरेको छ ।

सफाइ पाउनेहरू

अदालतले सोही प्रकरणमा पक्राउ परेका ७ जनालाई भने सफाइ दिएको छ । सफाइ पाउनेहरूमा टंककुमार गुरुङ, सन्दिप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापा रहेका छन् ।

कसलाई के भयो? (सूचीसहित):

क्र.सं. नाम अदालतको फैसला
१. बालकृष्ण खाँण (पूर्वगृहमन्त्री) दोषी ठहर
२. टोपबहादुर रायमाझी (पूर्वगृहमन्त्री) दोषी ठहर
३. टेकनारायण पाण्डे (पूर्वगृहसचिव) दोषी ठहर
४. डा. इन्द्रजीत राई (पूर्वसुरक्षा सल्लाहकार) दोषी ठहर
५. टेकनाथ रिजाल (शरणार्थी नेता) दोषी ठहर
६. सानु भण्डारी दोषी ठहर
७. केशव दुलाल दोषी ठहर
८. सन्देश शर्मा दोषी ठहर
९. गोविन्द चौधरी दोषी ठहर
१०. सागर राई दोषी ठहर
११. शम्सेर मियाँ दोषी ठहर
१२. आङटावा शेर्पा दोषी ठहर
१३. नरेन्द्र केसी दोषी ठहर
१४. हरिभक्त महर्जन दोषी ठहर
१५. निरञ्जन कुमार खरेल दोषी ठहर
१६. टंककुमार गुरुङ सफाइ
१७. सन्दिप रायमाझी सफाइ
१८. रामशरण केसी सफाइ
१९. आशिष बुढाथोकी सफाइ
२०. लक्ष्मी महर्जन सफाइ
२१. केशव तुलाधर सफाइ
२२. प्रतिक थापा सफाइ

तपाईको प्रतिक्रिया