नवलपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला अधिवेशन आज हुने तय भए पनि प्रतिनिधि छनोट प्रक्रियामा देखिएको विवादका कारण अधिवेशन अन्योलमा परेको छ। सुरुमा करिब ५०० प्रतिनिधिको नामावली सार्वजनिक गरिएकोमा पछि ९२१ जनाको सूची सार्वजनिक गरिएको थियो। त्यसपछि पुनः ७५० प्रतिनिधिको नामावली सार्वजनिक भएपछि कार्यकर्ताबीच असन्तुष्टि र विवाद बढेको छ।
प्रतिनिधिको संख्या र नामावली पटक–पटक परिवर्तन गरिनुले छनोट प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ। विवाद समाधान नभएसम्म अधिवेशन प्रभावित हुन सक्ने आकलन गरिएको छ।
यस विषयमा पार्टीका जिल्ला तथा प्रदेश नेतृत्वको धारणा आउन बाँकी रहेको छ। प्रतिनिधि छनोटलाई लिएर बढ्दो विवादका बीच आजको अधिवेशन निर्धारित समयमै हुने वा नहुने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।



उज्यालो खबर




