पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिने विश्वास जनाएका छन् ।बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग तारिखका लागि विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे ।
सवैले न्याय अदालतबाटै पाउने भएकाले कानूनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए ।‘मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफैँ उपस्थित हुनुपर्ने भएकाले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको छु’, उनले बताए ।
सभापति लामिछानेले आफूहरू कानूनी राज्य स्थापित गर्न हिँडेकाले कानूनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने बताए ।



उज्यालो खबर

