काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतार–चढाव तथा भू–राजनीतिक अनिश्चितताका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरू बताउँछन् ।त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । सोमबार चाँदीको भाउ प्रतितोला २७५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य लगातार बढिरहेकाले गहना व्यवसायमा असर परेको व्यवसायीहरूको भनाइ छ भने लगानीकर्ताहरू सुनतर्फ आकर्षित भइरहेका छन् ।



















उज्यालो खबर










