रवि बोपाराको अर्धशतक र सैफ अली जैबको आक्रमक ब्याटिङको सहायतामा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ।बुधबार कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा छ विकेट गुमाउँदै १७१ रनसहित पूरा गर्यो।
चितवनका लागि रवि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए भने ओपनर दीपक बोहराले ४२ रनको योगदान दिए। सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३८ रन जोडे।बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एक–एक विकेट हात पारे।
यो जितसँगै चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको छ। यसअघि पहिलो संस्करणमा दुवै भेटमा कर्णाली नै विजयी भएको थियो। लिग चरणमा कर्णालीले चितवनलाई ५ विकेटले हराएको थियो भने एलिमिनेटर खेलमा २१ रनले पराजित गरेको थियो।





















उज्यालो खबर










