×

काठमाडौँ — सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सिन्धुपाल्चोकको सुकुटे बीचमा हुने भएको छ ।माघ १ देखि ५ गतेसम्म हुने प्रतियोगिता जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले नेपाल भलिबल संघको संयोजनमा गर्न लागेका हुन् ।

उक्त प्रतियोगिताका लागि सोमबार राजधानीमा भलिबल संघसँग व्यवसायी संघले सम्झौता गरेको छ । संघका महासचिव रोशन श्रेष्ठ र व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले प्रतियोगिताका लागि सम्झौता आदानप्रदान गरे ।दुवैतर्फ सात प्रदेश र तीन विभागीय टिम गरी समान १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया