गैँडाकोट । कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर ३ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पु¥याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती राना र चमेली दर्लामी को मृत्यु भएको हो ।
उनीहरुलाई अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् ।उनीहरु तीनै जना कावासोतीकै हुन् । घटना आज साँझ साढे ६ बजे भएको हो ।
नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो ( नाला) खन्ने ३ जना महिला मजदुरहरु पुरिएका थिए ।राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।



उज्यालो खबर




