×

गैँडाकोट । दिन प्रतिदिन गर्मी बढेपछि गैँडाकोट नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । नगरपालिकाले मंगलबार र बुधबार २ दिन बिदा दिने निर्णय गरेको हो ।
गैँडाकोट नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका प्रमुख डाक्टर बालकृष्ण चापागाइले अत्याधिक गर्मी बढेपछि २ दिन नगरका सबै शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
विगत केहिदिन देखि नवलपुर र यस क्षेत्रको तापक्रम ह्वात्तै बढेको छ । गर्मीका कारण बालबालिकाहरु कुनै प्रकारको स्वास्थ्य समस्या आउन नपाओस भन्दै नगरपालिकाले विदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया