×

गैँडाकोट –  पूर्वी नवलपरासीको गैँडाकोटमा स्थानीय युवाहरुका लागि नि:शुल्क कपाल काट्ने तालिम सोमबारदेखि सुरु भएको छ । गैँडाकोट नगरपालिकाको आयोजनामा सुरु भएको तालिममा नगरका विभिन्न वडाका ५० जना युवाहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै गैँडाकोटका नगरपालिका मेयर मदनभक्त अधिकारीले सीप सिकेपछि प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले युवाहरुको लागि भन्दै नि:शुल्क कपाल काट्ने तालिम आयोजना गरेको भन्दै उहाँले दत्तचित्त भएर तालिममा सहभागि हुन आग्रह गर्नुभयो । ३५ दिने तालिममा नियमित रुपमा उपस्थित भएर तालिम लिन तपाईहरुलाई अनुरोध गर्दछु अधिकारीले भन्नुभयो- “सीप सिकेपछि हातखालि बस्नुपर्दैन ।”

तालिमको उद्घाटन शत्रमा स्वागत मन्तव्य राख्दै गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले तालिमलाई अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । यस्ता तालिमहरुले युवाहरुलाई आत्मनिर्भर बनाउने भन्दै उहााले तालिममा सिकेको सिपलाई सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख डा. बालकृष्ण चापागाई, शिक्षा अधिकृत रामप्रसाद अधिकारी, जनक नमुना माविका प्रधानाध्याक चुडामणी शर्मा लगायत अतिथिहरु रहनुभएकाे तालिमको उदघाट्न शत्रमा प्रशिक्षक रामप्रसाद सिग्देल (सुलभ)ले तालिमको प्राविधिक पाटोको बारेमा प्रकाश पार्नुभएको थियो । पपुलर युनिसेक्स सैलुनको प्राविधिक सहयोगमा तालिम आयोजना भएको हो ।

तपाईको प्रतिक्रिया