गैँडाकोट । नवलपुरमा रुखले च्यापेर एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ ज्वाइथर घर भएका ६९ वर्षका चित्र बहादुर चिडी मगरको रुखले च्यापेर आज विहान ज्यान गएको छ ।
विहान ८ः३० वजे स्थानीय ठुलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका मगरको हावाहुरी पश्चात ढलेको सालको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



उज्यालो खबर

