×

 

 गैँडाकोट-  नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  गै‌डाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट नगरपालिका–१४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो ।

माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले बताए ।

माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया