गैँडाकोट । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरेको छ । मन्त्रालयले सोमबार(आज) मन्त्रालय तथा अन्तर्गत कार्यरत २५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।गृहको सूचना अनुसार चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएका छन् ।
चितवनका सीडीओ भूपेन्द्र थापा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक गएका छन् भने चितवनमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आउने भएका छन् । यता नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको छ भने नवलपुरमा गृहमन्त्रालयमा रहेका अरुण पोखरेल आउने भएका छन् ।
हेर्नुस् कसो कहाँ भयो सरूवा तथा पदस्थापन ?




उज्यालो खबर




