×

गैँडाकोट । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा (ओली) नवलपुर आउने भएका छन् ।
चैत्र २६ गते कावासोतीको पानस पार्टी प्यालेसमा हुने जिल्लाको नवौँ अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली नवलपुर आउन लागेको एमालेका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताए ।

मध्यान्न १२ वजे अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । नवौँ जिल्ला अधिवेशन मार्फत नेकपा एमालेका ७५४ जना प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम छ ।

एमाले नवलपुरको अध्यक्षका लागि हालका अध्यक्ष पाण्डेले चाहना राखेका छन् । शिक्षण पेशालाई त्यागेर पूर्णकालिन राजनितिमा आएका हालका अध्यक्ष मुक्तिराम पाण्डेकै कार्यकालमा एमालेले जिल्लाका ६ वटा स्थानीय पालिकाहरुमा आफ्नो नेतृत्व स्थापित गरेको थियो ।

तपाईको प्रतिक्रिया