×

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार (आज) हुँदैछ ।

गैँडाकोट नगरपालिका परिसरमा बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाई कार्यक्रम शुरु हुने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो । कार्यक्रममा सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबीच सार्वजनिक रुपमा प्रत्यक्ष अन्तरक्रिया हुनेछ ।

यो सार्वजनिक सुनुवाई सेवा प्रदायक निकायको कामकारबाहीबारे जनगुनासोको माध्यमबाट मूल्यांकन गरी त्यसप्रति सरोकारवालाई जवाफदेही बनाउदै सेवाको गुणस्तर कायम गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

यसैबीच नगरपालिकाले एक सूचना जारी गरी (आज) आइतबार हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिहरु तथा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भएकाले नगरपालिका, सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाबाट अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया