×

 

गैँडाकोट। नेपाल सरकार, गृह मन्त्रालयद्वारा जारी नयाँ निर्देशन अनुसार नेपाली नागरिकतासम्बन्धी प्रक्रिया अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ। गृह मन्त्रालयको यस नवीन निर्देशिकाले नागरिकता वितरण तथा अभिलेख व्यवस्थापन प्रणालीलाई केन्द्रीय तहदेखि नै डिजिटाइज गर्ने उद्देश्य राखेको छ।

प्रारम्भिक चरणमा नवलपुरको गैँडाकोट नगरपालिकाकै सबै वडा कार्यालयहरूले यही चैत्र १५ गतेदेखि नेपाली नागरिकता सिफारिस प्रक्रिया अनलाइन प्रणाली मार्फत सुरु गर्ने निर्देशन दिइएको छ। यस अनलाइन प्रणाली अन्तर्गत स्थानीय तहरवडा कार्यालयहरूले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटर्नल मोड्युल प्रयोग गरी सम्बन्धित जिल्ला प्रशासन, इलाका प्रशासन र सीमा प्रशासन कार्यालयलाई नयाँ नागरिकता जारी गर्न सिफारिस गर्नेछन्।

यस प्रणालीमा आवद्ध भई विभिन्न सेवा प्रदान गर्न बाँकी रहेका स्थानीय तहहरूलाई समेत क्रमैसँग जिल्ला प्रशासन कार्यालयमा समन्वय गरी आवश्यक तयारी पुरा गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया