×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा १९ हजार ५६६ जना बालबालिकाहरुले दादुरा- रुवेला विरुद्धको खोप लगाएका छन् ।
फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको खोप अभियानमा नगरका १९ हजार ५६६ बालबालिकाहरुले खोप लगाएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिनुभयो ।

९ महिना देखि ५ वर्ष उमेर भित्रका ४ हजार ९५३ जना र ५ वर्ष देखि १५ वर्ष उमेर समुह मुनिका १४ हजार ६१३ जना बालबालिकाहरुले खोप लगाएको उहाँले बताउनु्भयो ।नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुमा राखिएका ७९ वटा खोप केन्द्रमा दादुरा रुवेला विरुद्धको खोप लगाउन १५२ जना खोप कार्यकता र २३७ जना स्वयमंसेवकहरु खटिएका थिए ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार फागुन १३ गतेदेखि २० गतेसम्म पहिलो चरणममा जिल्लाको गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउपालिकाका बालबालिकाहरुलाई खोप लगाइएको छ ।त्यसैगरी फागुन २० गतेदेखि २७ गतेसम्म दोस्रो चरणमा देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउपालिका र विनयी त्रिवेणी गाउपालिकामा खोप लगाउने कार्यक्रम सुरु भएको छ ।

दादुरा–रुबेला खोप नलगाएका अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिस हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया