गैँडाकोट । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी चालकको निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्लाको देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल एण्ड एलेन पेट्रोलपम्पबाट बाल्मिकी आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो ।
आज राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते कावासोती ११ कुडौली निवासी २५ बर्षीय सागर चौधरीको उपचारको क्रममा चितवनमा निधन भएको हो ।घाइते चौधरीको देवचुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन मेडिकल कलेज चितवन पठाएको थियो । उनको राति ९ः१० बजे निधन भएको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




