गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले राजधानीका अब्बल ठहरिएका विद्यालयहरुकै हैसियतमा आधुनिक शिक्षा उपलव्ध गराउने तयारी गरेको छ ।
शैक्षिक सत्र २०८१/८२ देखि स्कुलले नयाँ भवनबाट अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षाको थालनी गर्ने भएको हो । स्कुलका प्रचार्य प्रोफेसर ई. हरि भण्डारीले नेपाली परम्परा, भाषा, संस्कृति र भेषभूसालाई समेत समेटेर अन्तराष्ट्रिय बजार सुहाँउदो शिक्षा प्रदान गर्न लागिएको बताउनुभयो ।
गैँडाकोट २ स्थित नारायणी नदी किनारमा रहेको अक्सफोर्ड कलेज सँगै रहेको जग्गामा बन्ने पाँचतले पक्की भवनमा २५ वटा सुबिधा सम्पन्न कक्षा कोठाहरू, प्रयोगशाला तथा पुस्तकालयका साथै संगीत तथा नृत्य कक्षाका साथै सम्पूर्ण सुविधायुक्त सभाकक्षको समेत सुविधा उपलब्ध हुने प्राचार्य भण्डारीले बताउनुभयो ।
कलेजसँगै जोडिएर निर्माण हुने अत्याधुनिक सुविधा सहितको नयाँ भवनबाट सेवा सुरुवात गर्ने भएसँगै स्कुलले विषयविज्ञ शिक्षकहरुको समेत खोजी सुरु गरेको जनाएको छ ।विद्यार्थीलाई घोकाएर तथा जवरजस्त अध्ययन गर्न लगाएर मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै अक्सफोर्डले नयाँ शैक्षिकसत्रको थालनी सँगै हरेक विषयमा अब्बल ठहरिएका शिक्षकहरुलाई स्कुलमा ल्याउने तयारी गरेको स्कुलका माध्यामिक तह प्रमुख कमल प्रसाद वाग्लेले बताउनुभयो ।



उज्यालो खबर




