गैडाकोट । गैडाकोट इङ्लिस स्कुलमा अभिभाबक लक्षित खेलहरु संचालन भएका छन्। माघ १८ गतेदेखि जारि बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत माघ २३ गते मिनी म्याराथन तथा भाग्यको खेल आयोजना गरिएको हो।नगरपालिका भित्रको एककमात्र “क” बर्गको विद्यालय गैडाकोट इंगलिस स्कुलले २३ गते बिहान अभिभाबक, बिद्यार्थी तथा शिक्षकको लागि ५ किलोमिटर दुरीको मिनी म्याराथन आयोजना गरिएको थियो।
सो प्रतियोगितामा पुरुष अभिभाबक तर्फ बद्रि बिर्कट्टा मगर, बिष्णु कुँवर र गोबिन्द सापकोटा क्रमश प्रथम द्वित्तीय र तृतीय हुन सफल हुनुभयो। यता महिला अभिभाबक तर्फ भने लक्षु पोख्रेल,निर्मला घिमिरे र मिलिना अर्याल क्रमश प्रथम द्वित्तीय र तृतीय हुन सफल हुनुभयो। प्रतियोगितामा पुरुष र महिला गरि कुल २९ जना अभिभाबकको सहभागिता रहेको थियो।
माघ २३ गते दिउसो आयोजना गरिएको भाग्यको खेलमा भने सजनी पिया प्रथम, पवित्रा पौडेल द्वित्तीय, सबनम अधिकारि चालिसे तृतीय हुनुभयो। म्युजिकल चियर शैलीमा खेलाइने यो खेलमा कुल १५६ जना अभिभाबकहरुको सहभागिता रहेको थियो।
दुवै स्पर्धामा प्रथम, द्वित्तीय र तृतीय हुन सफल अभिभाबकहरुलाई बिद्यालयले आफ्नो बाबु वा नानीको शैक्षिक सत्र २०८१ को बार्षिक शुल्कमा क्रमशस् ७५, ५० र २५ % छुटको घोषणा गरेको छ। नतिजा घोषणा तथा धन्यबाद ज्ञापन गर्दै विद्यालयका प्राचार्य हिरालाल अर्यालले सो पुरस्कार घोषणा गर्नुभएको थियो।





उज्यालो खबर




