×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका ६६ वर्षका बलराम पौडेल रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

विहान साढे ११ वजे ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिदा चालक पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया